वाइडबडी र बालुवाटार जग्गा प्रकरणबारे सुक्ष्म अनुसन्धान हुनुपर्छ : देउवा

228
  •  
  •  
  •  

रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद र बालुवाटार जग्गा प्रकरणबारे सुक्ष्म अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

फाइल तस्बिर

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बिहान भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले वाइडबडी खरिद र बालुवाटार काण्डमा ठूलो घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी सार्वजनिक गर्नुपर्ने बताए ।

वाइडबडी खरिद प्रकरण र बालुवाटार जग्गा काण्डमा आफनो कुनै संलग्नता नभएको भन्दै उनले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले निरंकुशतातर्फ पाइला चालेको ओली सरकारलाई राणा र राजालाई जस्तै नागरिकले परास्त गर्ने बताए ।

सभापति देउवाले कांग्रेसले गठन गरेको छायाँ सरकारले ओली नेतृत्वको सरकारले गर्ने हरेक गल्ती र कमजोरीको एक–एक हिसाब किताब राख्ने पनि बताए ।


  •  
  •  
  •