अपराध र दण्डहिनता बढ्यो : अध्यक्ष शर्मा

124
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले देशमा अपराध र दण्डहिनता बढेको बताएका छन् ।

७१ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताए ।

निर्वाचन सम्पन्न गरी जनताले चुनेका प्रनितिधिहरु सत्तामा भए पनि निष्कृय रहनु दुःखद भएको उनको भनाइ छ ।
मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उनले असन्तुष्टि जनाए ।

आचरण नै अधिकारवादीहरुको शक्ति भएको बताउँदै उनले हतियारको नभइ विचारको लडाईँ लड्ने समेत बताए ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मंगलबार काठमाडौं प्रभातफेरि समेत निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरि सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो ।


  •  
  •  
  •