उपत्यकामा चाडपर्व लक्षित अनुगमन, ५७ हजार जरिवाना

98
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्व लक्षित अनुगमन शुरु गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा सोमबार बजार अनुगमन गरिएको हो ।

विभागका अनुसार तीनै जिल्लाका सैलुङ, तरकारी पसल, लत्ताकपडा, खाधन्न, किनारा, फार्मेसी, मार्ट गरी २४ व्यवसायको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा विभिन्न पसललाई ५७ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।


  •  
  •  
  •