तीन म्यानपावर कम्पनीमा अनुगमन

40
  •  
  •  
  •  

काठमाडौ, (ओएनएस) : मलेसियामा नयाँ कामदार पठाउने विषयमा स्वास्थ्य परीक्षणको विषय अझै टुंगो नलागे पनि म्यानपावर कम्पनीले भने पासपोर्ट संकलन गरेर राख्ने गरेको पाइएको छ ।

वैदेशिक रोजगार विभागको टोलीले सोमबार तीन म्यानपावर कम्पनीमा गरेको अनुगमन यस्तो पाइएको हो ।

पुरानै संरचनाबाट कामदार मलेसिया पठाउने प्रक्रिया अघि बढाएको सूचनाको आधारमा जुपिटर ओभरसिज प्रालि, स्काई अफ दी वल्र्ड र ट्रष्ट नेपाल ओभरसिज प्रालिमा अनुगमन गरिएको विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले जानकारी दिए ।

महानिर्देशक भुषालले म्यानपावर कम्पनीको अनुगमनको कार्यविधि बनाएर स्वीकृतिका लागि मन्त्रालयमा पेश गरिसकेको र अब त्यसकै आधारमा नतिजामुखी अनुगमनलाई जोड दिने दिइने बताए ।

म्यानपावर कम्पनी अनुगमनबारे नयाँ कार्यविधि पास भएसँगै यसलाई निरन्तरता दिने महानिर्देशक भुषालको भनाइ छ ।


  •  
  •  
  •