गलत नीतिका कारण कृषक उपेक्षित : सभापति श्रेष्ठ

351
  •  
  •  
  •  

रुपन्देही । नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले सरकारी गलत नीति र कार्यान्वयनका कारण कृषि प्रधान देश नेपालका कृषक उपेक्षित बनेको बताएका छन् ।

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत नेपाल किसान संघ गुल्मीको आयोजनामा बिहीबार तम्घासमा आयोजित कृषक भेलामा प्रमुख अतिथि श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत जिल्लामा कृषिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका कार्यक्रमबाट उपलब्ध गराउने अधिकाश कृषि अनुदान र सहयोग वास्तविक ब्यवसायिक कृषकलाई वितरण नहुदा हाम्रो समुदाय उत्पादनशील व्यवसायिक कृषि क्षेत्रबाट आत्मनिर्भर हुनुको सट्टा परनिर्भर हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

व्यावसायिक कृषकको मेहनतलाई उपेक्षा गरेर वर्तमान सरकारले र स्थानीय निकायले समेत कार्यकर्ता पालन लागि दर्ता भएका कागजी फर्म र समुहलाई पहुँच भरमा अनुदान सहयोग दिइएको गुनासो आएको भन्दै उनले जिल्लामा सञ्चालन भएका हरेक परियोजनाले समयमै आफ्नो कार्यन्वयन नीतिमा न्यायिक ढंगले सुधार गर्न आग्रह गरे ।

कृषक र श्रमजीवी जनताको न्याय स्थापनाका लागि लागि नेपाली कांग्रेसले नेपाल किसान संघ गठन गरी यो अभियान सञ्चालन गरेको बताउँदै सभापति श्रेष्ठले कृषकहरूबाट प्राप्त सुझाव र गुनासोलाई सम्बोधन गर्न पार्टीको तर्फबाट आगामी दिनमा अभियान सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले कम्युनिस्ट सरकारले देशमा भ्रष्टाचार, अन्याय, अत्याचार बढाइरहेको वर्तमान समयमा सबै कार्यकर्ताले हिनताबोध त्यागेर हरेक क्षेत्रमा भएको भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्ध अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला १२ वटा स्थानीय तहबाट प्रतिनिधित्व गर्ने कृषकहरुले आफ्नो नगरपालिका र गाउँपालिकामा स्थानीय तहले गरेको कृषिसँग सम्बन्धित गतिविधिका बारेमा जानकारी दिँदै आगामी दिनमा पार्टीको तर्फबाट खेल्नुपर्ने भुमिकाका बारेमा सुझाव दिएका थिए ।


  •  
  •  
  •