प्रहरीले शुरु गर्‍याे ‘एन्टी बुलिङ’ अभियान

101
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख(ओएनएस) : नेपाल प्रहरीले ‘एन्टी बुलिङ’ अभियान शुरु गरेको छ ।
सामुदायिक प्रहरी साझेदारी अन्तरगत शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानीविरुद्ध अभियान शुरु गरिएको हो ।

जनकपुरमा रहेका प्रहरी प्रमुख सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट अभियान शुभारम्भ गरेका छन् ।
अभियानको शुभारम्भ गर्दै आईजीपी खनालले स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढ्ने बताए ।
अभियान अन्तरगत प्रहरीले वैशाख र जेठभर हरेक स्कुलमा पुगेर कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रहरीका अनुसार अभियानका क्रममा स्कुल तथा कलेजमा जनचेतनामूलक पोष्टर टाँसिनेछ भने अन्तरक्रियात्मक प्रवचनहरु पनि हुनेछ ।  छात्राहरु लक्षित हिंसा तथा साइबर अपराधबारे समेत सचेतना जगाइने प्रहरीले जनाएको छ ।


  •  
  •  
  •