अन्तर्राष्ट्रिय युवा बैज्ञानिक सम्मेलन शुरु

366
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश न.३ सरकारको उद्योग, पर्यटन वनतथावातावरण मन्त्रालयको आयोजनामा अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा शुरु भएको छ ।

उद्योग, पर्यटन, वन, वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका महत्वपूर्ण बैज्ञानिक विषयहरुमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुका अनुभव साटासाट गर्ने एवं युवा बैज्ञानिकहरुको अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन् ।

उद्घाटनलगत्तै सम्मेलनलाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तन क्षेत्रमा देखिएको विविधताको बारेमा खोजमुलक अध्ययन गरी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारणले उत्पन्न समस्याको समधानगर्न युवा वैज्ञानिक सम्मेलनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गरे ।

युवा बैज्ञानिक पयालन रोकि देशभित्रै युवाहरुले अनुसन्धानगर्ने र राज्यले वैज्ञानिक अनुसन्धानको कार्यान्वयनगर्ने वातावरण निर्माण गनुपर्ने धारणा व्यक्तगर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा भएको बैज्ञानिक गतिविधीकावारेमासम्मेलनले बृहत अध्ययनगर्न र आफ्नाअनुभव साटासाट गर्न समेत उपस्थित युवा बैज्ञानिकहरुलाई उत्साहित गरेका थिए ।

कार्यक्रममा प्रदेश नं.३ का सभामुख सानुकुमार श्रेष्ठले युवा बैज्ञानिक सम्मेलनले बैज्ञानिक क्षेत्रमाभएका महत्वपूर्ण उपलब्धीकावारेमा छलफल गरी सरकारलाई ठोस नितिनिर्माण गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गगर्दै सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे ।

यसैगरी प्रदेश नं.३ का पर्यटन,उद्योग बन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले अन्तर्राष्ट्रिय (सार्क) युवा सम्मेलनले प्रदेश सरकारलाई पर्यटन उद्योग तथाबैज्ञानिक क्षेत्रमानितिनिर्माण गर्न मार्ग निर्देशन गर्ने धारणा व्यक्त गरे ।

उनले सम्मेलनवाट प्राप्त बैज्ञानिक सुझाव एवं अनुभव प्रदेश सरकारले प्राथमिकताका साथ कार्यान्वय नगर्दै सम्मृद्ध नेपाल सुखी नेपालीको अभियान सम्पन्न गर्ने बताए ।

सम्मेलनलाई सम्वोधन गर्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले अन्तर्राष्ट्रिय युवा सम्मेलन विश्वमा देखा परेका नविनतम चुनौतीहरुको सामना गर्ने रचनात्मक उपायका बारेमा केन्द्रीत हुने विश्वास व्यक्त गरिन् ।
एक्काइसौं शताब्दीलाई बैज्ञानिक शताब्दीको रुपमा उल्लेख गर्दै सम्मेलनबाट प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान हुने समेत अपेक्षा गरिन् ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागिय प्रमुख डा. दिपक अर्यालले सम्मेलनका प्रस्तुत हुने कार्यपत्रका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

उनले युवा वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गरी सार्क क्षेत्रमा देखिएका विद्यमान समस्यालाई सम्वोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वयगर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गरिएको बताए ।
सम्मेलनमा सार्क क्षेत्रका नेपाल वाहेकका १७ युवा वैज्ञानिकहरु उपस्थिति रहेको छ ।

साथै सार्क वाहेका जर्मनी, फिनल्याण्ड,चिन र वेलायत समेतबाट समेत युवा वैज्ञानिकहरुको सहभागिता रहेको छ । २ दिन सम्म सञ्चालनहुने सम्मेलनमा ५१ वटा कार्यपत्रले उद्योग पर्यटन, वन, वातवरण लगायत वैज्ञानिक क्षेत्रमा देखिएकाविविधविषयहरु समेटिएको अन्तर्राष्ट्रिय (सार्क) युवा बैज्ञानिक सम्मेलनका सम्पर्क व्यक्ति एवम् जलतथामौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा. विनोद दवाडीले जानकारी दिए ।


  •  
  •  
  •