संसारकै पहिलो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्याशाखा गोष्ठी नेपालमा हुँदै

376
  •  
  •  
  •  

काठमाडौं । महिला सशक्तिकरण र मानवअधिकारका लागि आगामी जेष्ठमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्याशाखा गोष्ठी आयोजना गरिने भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मानव अधिकार आयोगको संयुक्त आयोजना, दक्षिण गोलार्दयीय मर्यादित महिनावारी संजालको सहआयोजनामा २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठीको आयोजना गर्न लागिएको हो ।
‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ भन्ने पुरा’ भन्ने नारा केन्द्रित यो कार्यशाखा गोष्ठी संसारकै पहिलो हो ।

महिनावारीका सम्बन्धमा भए/गरेको कामलाई परिवर्तन गर्नु गोष्ठीको यसको मुख्य उदेश्य रहेको छ । गोष्ठीमा महादेशका झन्डै २० देशकाम अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधी, नीति निर्माताहरु सहभागी हुनेछन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले लैंगिक समानता प्राप्तीका लागि महिनवारीलाई मानव अधिकारको आँखाले हेर्नुपर्ने बताए ।

लैंगिक हिंसा विरुद्धको विशेष अभियान अन्तर्गत आयोजना हुन लागेको कार्यशाला महिनावारीसँग जोडिएको छाउपडीलगायतका कुरिती र नकारात्मक अभ्यासहरु उन्मुलन गर्न महत्वपूर्ण हुने मन्त्री गुरुङको विश्वास रहेको छ ।

देशमा बिभिन्न रुपमा रहेको छाउपडी प्रथा र छाउगोठ एउटा कुरीति हो भन्दै मन्त्री गुरुङले मानिसको मनमस्तिष्कबाट नै यो प्रथाको अन्त्य गर्न जगरण ल्याउनु आवश्यक रहेको पनि उनले बताए ।

महिलामाथि घर, शैक्षिक संस्था, कार्यस्थल लगायत सबै ठाउँमा हुने शारिरीक, सामाजिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक हिंसाहरुको मूल कारण महिनावारी अभ्यास भएको मन्त्री गुरुङको भनाइ छ ।

मन्त्रालयकी सचिव एवं प्रवक्ता ज्ञानेन्द्र पौडेलले मन्त्रालयले २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियानको रुपमा मनाएको बताए ।
उनले कर्णाली र सुदुरपश्चिममा छाउगोठ अन्त्य र महिनावारी स्वच्छताका लागि मन्त्रालयले विभिन्न क्रियाकलापहरु सञ्चालन गरेको बताए ।

प्रमुख महिला विकास अधिकृत अन्जना ढुंगानाले तीन दिने गोष्ठीले नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

अन्तर्राष्ट्रिय कार्याशाला गोष्ठीको सह–आयोजक एवं दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको संस्थापक राधा पौडेलले समाजमा छाउपडी अन्त्यका लागि सिद्धान्त, व्यवहार, मनोवैज्ञानिक लगायतका पक्षमा परिवर्तनको खाँचो रहेको बताइन् । उनले हरेक व्यक्तिले महिनावारी भएका बेला मर्यादापूर्वक जिउन पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

कार्यशाखामा महिनावारीका विभिन्न पक्षहरु जस्तो भान्सा जस्ता देखि संसद्सम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन् स्वास्थ्य अधिकार, आवाज, छनोट र एजेन्सी, पहिलो महिनावारी देखि महिनावारी रोकिने सम्मका लाज र विभेद, युवाहरुको भूमिका, धर्म, व्यवसाय, खानेपानी, सररफाई नीति र जवाफदेहित, वहिस्करणमा परेका/पारिएकाहरुको अवस्था र अधिकार, अनुसन्धान, अनुदान र कार्यन्वयनको अवस्था, प्यानल, छलफल, प्रस्तुती आदि गरिनेछ ।


  •  
  •  
  •