नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुरु

308
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : काठमाडौंमा आजबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुरु हुँदैछ ।
मेलाको भृकुटीमण्डपमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाली वस्तुहरुको उत्पादन प्रर्वद्धन, आयात प्रतिस्थापन, निर्यात वृद्धि उद्देश्यले मेला आयोजना गरिएको हो ।
नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यामा मेला हुन लागेकाले उद्योगी व्यवसायीले मेलालाई विशेष महत्व दिएका छन् । मेलामा अन्तर्राष्ट्रिय खरिदकर्तासँग अन्तरक्रिया समेत आयोजना गरिएको छ ।

मेला चैत्र १८ गतेसम्म चल्नेछ । मेलामा चीनका ९०, बंगलादेशका ४० र भारतका १० गरी मेलामा २ सय २५ भन्दा बढी स्टल रहेको नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी स्टलहरु रहेका छन् । मेला स्वदेशी र विदेशी गरी करीब १ लाखले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।


  •  
  •  
  •