विप्लव समूहका कार्यकर्ता आमरण अनसनमा

421
  •  
  •  
  •  

प्यूठान, ४ चैत्र(ओएनएस) : प्यूठानमा विप्लव समूहका एक कार्यकर्ता आमरण अनसन बसेका छन् । कारागारले ‘आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् ।

पोखरेल विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता हुन् । उनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
उनले पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा–नहुँदै पनि आफूलाई नियन्त्रणमा लिएको गुनासो गरेका छन् ।
हिरासतका बन्दीलाई हुनुपर्ने न्यूनतम व्यवहारसमेत नभएको उनले बताए ।

यता प्यूठान प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले भने आरोप अस्वीकार गरेका छन् ।
यस्तै नेपाली सेनाबाट सेवानिवृत्त स्याङ्जा स्थायी घर भई हाल प्यूठानको जस्पुरमा होटल व्यवसाय गर्दै आएका नवीन डुम्रेलाई पनि प्रहरीले विप्लव समूहको गतिविधिमा संलग्नको आरोपमा नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •