अनसनरत व्यक्तिहरुको जीवन रक्षा गर्न आग्रह

222
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना महामारी नियन्त्रणका लागि पीसीआर परीक्षणको माग गर्दै अनसनरत युवाहरूको जीवन रक्षाको माग गरेको छ।

आयोगले आइतबार एब विज्ञप्ति जारी गर्दै दुईजना युवाहरु पीसीआर परीक्षणको माग गर्दै र मन्त्रालयसँग भएको सहमती कार्यन्वयनको माग गर्दै आमरण अनसनमा रहेको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले आज वसन्तपुर क्षेत्रस्थित अनसनस्थल पुगेर अनसनरत युवाहरुको माग तथा स्वास्थ्य अवस्थाको सम्बन्धमा पुनः अनुगमन गरेको छ । अनसनरत समिरा श्रेष्ठ र अर्का व्यक्ति ९ दिनदेखि अनसनमा रहेको र अनसनका कारण समिरा श्रेष्ठको स्वास्थ्यमा सामान्य समस्या देखिन थालेको अनुगमनको क्रममा बुझिएको छ ।

यसअघि आयोगले गत असार १७ गते पनि अनसनरत व्यक्तिहरुको सम्बन्धमा पाटनमा स्थलगत अनुगमन गरेको थियो । अनसनरत व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी न्यायोचित मागहरु सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न र अनसनका कारण निजहरुको स्वास्थ्यमा पर्नसक्ने असरप्रति संवेदनशील भई सार्थक संवाद र यस अघिको सम्झौता कार्यान्वयन गरी समस्याको समाधान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।

साथै, आफ्ना मागहरु राख्नेक्रममा आमरण अनसन जस्तो कठोर बाटो नरोज्न र समस्या समाधानको लागि संवादलाई जोड दिन आयोग अनसनरत पक्षलाई अनुरोध समेत गरेको छ ।


  •  
  •  
  •