निजी विद्यालयले शुल्क बृद्धि गरेपछि अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा

301
  •  
  •  
  •  

काठमाडौं, ३० चैत (ओएनएस) : निजी शैक्षिक संस्थाले शुल्क बृद्धि गरेपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी समद्ध अखिल क्रान्तिकारीले आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ ।

क्रान्तिकारीले विद्यालयहरुले यसअघि गरेका सम्झौता तथा सर्वाेच्च अदालतले तीन वर्षसम्म शुल्क बृद्धि नगर्न दिएको आदेशलाई अवज्ञा गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

क्रान्तिकारीले आन्दोलनको कार्यक्रमअन्तर्गत सोमबार छानिएका केहि निजी शैक्षिक संस्थाका लेखा तथा प्रशासन शाखामा ताला बन्दि गर्ने जनाएको छ ।

साथै, बैशाख २ गते निजी शैक्षिक संस्थाहरुका लेखा तथा प्रशासन शाखामा तालावन्दीका कार्यक्रमको विस्तार सहित १२ बजे देशै भरिका जिल्ला शिक्षा कार्यालयहरुमा २ घण्टा धर्ना र ३ गते शिक्षा विभागमा धर्ना दिने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘देशैभरका विभिन्न जिल्ला शिक्षा कार्यालयहरुले आगामी शैक्षिक सत्रका लागि संस्थागत रुपमा नै २३ देखि ४३ प्रतिशत सम्म शुल्क वृद्धिको अनुमति दिएको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

अखिलले विगतमा सर्बोच्च अदालतको तीन वर्ष सम्म शुल्क वृद्धि नगर्न दिएको आदेश तथा अखिल (क्रान्तिकारी) र शिक्षा विभाग बीच अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क समायोजन गर्ने सहमती कतै पनि कार्यान्वयन नगरिएकोमा खेद प्रकट गरकेो छ ।

ANNISU Revolutionary


  •  
  •  
  •