काठमाडौं, २६ मंसिर (ओएनएस) : नेकपा एमालको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संविधान निर्माणको लागि दबाब आन्दोलन सुरु गरेको छ । अनेरास्ववियुले पहिलो चरणको कार्यक्रमअन्तर्गत शुक्रबारबाट सबै सभासदहरुलाई मोबाईलमा सन्देश पठाइरहेको छ । तीन दिनसम्म दिनमा तीन पटक सन्देश पठाइने अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुले निम्न विवरणको सन्देश पठाउनेछ ।
‘सभासद ज्यू , नमस्कार,
तपाई संविधान निर्माणको काममा लागिरहनु भएको छ ?
माघ ८ मा नयाँ संबिधान आउछ त ? –अनेरास्ववियु । ‘