अनेरास्ववियुको महाधिवेसन लम्बियो, चुनाव भोलि मात्रै

98
  •  
  •  
  •  

काठमाडौं ३ फागुन (ओएनएस) :
एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनाव हुने भएको छ । प्रतिनिधिहरुको विवाद टुङ्गो लागेपछि नयाँ नेतृत्वका लागि चुनाव हुन लागेको हो । आज आजै चुनाव हुने तय भएपनि भोलि बिहानबाट गर्ने केन्द्रीय नेताहरुको सक्रियतामा विवाद लिमाइएको छ । अध्यक्षका लागि निवर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतम अध्यक्षका उम्मेदवार बनेका छन् ।

लामालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्ष र गौतमलाई अर्काे नेता माधव नेपाल समूहले समर्थन गरेको छ । दुवै पक्षले प्यानलसहित चुनावी अभियान जारी राखेका छन् ।

विवाद टुङ्गो नलाग्दा अनेरास्ववियुले तय गरेको भन्दा महाधिवेसन लम्बिएको हो । एक दिन पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले र दुई दिन प्रतिनिधिको विवादले गर्दा महाधिवेशन लम्बिएको हो । झापा, सप्तरी, जुम्लालगायतका जिल्लामा र केही क्याम्पस कमिटीहरूमा प्रतिनिधिको विवाद रहेको छ । झन्डै १५ सय प्रतिनिधि सहभागी हुनेमा ३ सय जनाको विवाद थियो ।


  •  
  •  
  •