अन्नपूर्ण विद्युत कम्पनीले लान्द्रुक मोदी आयोजना निर्माण गर्ने

299
  •  
  •  
  •  

काठमाडौं, १९ साउन (ओएनएस) : अन्नपूर्ण विद्युत विकास कम्पनीले ८६ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

आयोजना निर्माणका लागि कम्पनीले पुर्वतयारीको काम थालेको छ । कम्पनीले आयोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम सुरु गर्न लागेको छ ।

आयोजना कास्कीको माछापुच्छ्रे, अन्नपूर्णको लुम्ले र घान्द्रुक गाउँपालिकामा पर्छ ।


  •  
  •  
  •