निर्मला हत्या प्रकरण : पूर्व डिएसपी जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

412
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : निर्मला पन्त हत्या प्रकरणमा मुछिएका सिआइबीका पूर्व डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ ।

घटनाको प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको आरोपमा उजुरी परेपछि डिएसपी जिसीलाई कञ्चनपुर जिल्ला अदालतले बयानका लागि बोलाएको थियो । सोमबार र मंगलबारको बयान सकिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो ।

उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी माग भएको छ । अनुसन्धानमा खटिएका ८ जना प्रहरीविरुद्ध उजुरी परेको थियो । बाँकी ७ जना यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । डिएसपी जिसी निलम्बनमा परेका छन् ।

यसअघि सोही प्रकरणमा मुछिएका पूर्व एसपी डिल्लीराज विष्टसँग साढे १० लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।


  •  
  •  
  •