आँखु हाइड्रोमा सात बैंकको करिब पाँच अर्ब लगानी

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य
297
  •  
  •  
  •  

काठमाडौं, १९ पुस (ओएनएस) : हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सात वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।

आँखुु हाइड्रोमा सनराइज बैंकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसी र प्रभू बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका हुन्।

लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको सो आयोजनाको कुल लागत ६ अर्ब ३० करोड रहेको छ। बैंक तथा वित्तीय संस्थाले सो आयोजनामा चार अर्ब ७२ करोड लगानी गर्नेछन्।

एक अर्ब २४ करोड प्रवद्र्धक हाइड्रो सोलुसनले लगानी गर्नेछ। स्थानीयबासीका लागि १६ करोड र २४ करोड बराबरको साधारण शेयर जारी हुनेछ।

आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको त्रिशुली थ्री ए वा त्रिशुली थ्री बीका लागि निर्माण गरिने सवस्टेशनमा जोडिनेछ ।

आयोजना आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।


  •  
  •  
  •