अञ्जु पन्तले गीत गाउन नमान्ने कारण यस्तो पो रहेछ

149
  •  
  •  
  •  

काठमाडौं २० भदौ (ओएनएस) : केही बर्ष अगाडी हिन्दु धर्म परिवर्तन गरी क्रिश्चियन भएकी गायिका अन्जु पन्तले स्टुडियोमा पुगेर गीत गाउन मानिनन् । कारण थियो, गीतमा दुर्गा भवानीको अराधान गर्नुका साथै दशैंलाई लक्षित गरेर शब्द चयन गरिनु ।

धर्म परिवर्तन गर्दैमा गीत नगाउने अभिव्यक्ति दिए पछि उनको सर्वत्र आलोचना हुनपुग्यो । आलोचनामा पेशामा असर पार्ने देखेर उनले आफ्नो फेसबुक पेज मार्फत लिखित भनाई राखेर माफी मागेकी छन् । धन्न अन्जुले बुद्धि पुर्याइछन् नत्र त उनलाई माया गर्ने स्रोता दर्शकको नजरमा उनी गिर्ने पक्का थियो ।

के लेखिछन् उनले फेसबुकमा

anju-panta1

आखिर गीतमा प्रयोग भएका शब्द कस्ता थिए र जसले गर्दा हिन्दु संस्कारमा हुर्किएर केही बर्ष अगाडि क्रिश्चियन भएकी उनलाई गीत गाउनै अफठ्यारो परेछ ।

आखिर गीतमा प्रयोग भएका शब्द कस्ता थिए र जसले गर्दा हिन्दु संस्कारमा हुर्किएर केही बर्ष अगाडि क्रिश्चियन भएकी उनलाई गीत गाउनै अफठ्यारो परेछ । यस बिषयमा अन्जुसँग कुरा गर्दा भनिन्, ‘मेरो धर्मले हिन्दु शब्द गाउन दिदैन । म त्यस्ता गीतहरु गाउन दिदैन । गाउनका लागि स्टुडयो पुगेपछि शब्द देख्ने बित्तिकै पछाडि हटेको मात्र हु । यसको अर्थ मैले हिन्दु धर्मको अवलम्बन गरे भनेर गलत प्रचार गरियो । कतै कटिबद्ध भएर लागेपछि मैले आफ्नो वचनको पालना गनुपर्छ भन्ने लागेर यस्तो गरेको हु ।’

 “सुख र शान्ति रहोस् जीवनमा ओठमा हाँसो छाओस्
दुर्गामाताको आशिर्वादले सोचे झैँ पुग्दै जाओस् ।
पुकार्दै मनले नवदुर्गालाई गर्दै मनले कामना
यो दसैंको सबै सबैलाई छ शुभकामना ।”


  •  
  •  
  •