दुःखीप्रति समर्पित अञ्जु

267
  •  
  •  
  •  

काठमाडौं १४भदौ ।

अरू भन्छन्, ‘अञ्जु पन्त दुःखका गीत मात्रै गाउँछिन्।’ अञ्जुको दाबी छ, ‘म दुःखीका गीत गाउँछु। एक हिसाबले म दुःखीहरूप्रति समर्पित छु।’

अञ्जु भन्छिन्, ‘नेपालको ठूलो जनसंख्या दुःखमा छ। स्वदेशमै काम गर्न नपाउँदा ठूलो हिस्साले प्रेम वियोग खेपिरहेको छ भने मैले कहाँबाट रोमान्टिक गीत पाउँछु?’
सत्य हो, अञ्जु अहिले धेरैले रुचाएकी गायिका हुन्। उनका कैयौँ गीत चर्चित छन्। ‘सागरसरी चोखो माया’, ‘तिर्खा लाग्यो पानी खाएँ’ जस्ता रोमान्टिक गीत चर्चित भए पनि अञ्जुलाई ‘नबिर्सें तिमीलाई’ जस्ता वियोगका गीतका लागि सम्भि्कइन्छ। उनको ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ धेरै सुनिइन्छ।
दश वर्षदेखि सर्वाधिक सुनिएकी गायिका अञ्जुले यो अवस्थामा आइपुग्न सहजताका फूलभन्दा धेरै असहजताका काँडासँग पौँठेजोरी खेलेकी छिन्। पुर्ख्याैली घर काठमाडौँ, फर्पिङमा भए पनि ‘आफ्नै बलबुताले खानुपर्छ’ भन्दै कामको सिलसिलामा भोजपुर पुगेका थिए, उनका बुवा। उनी भोजपुरस्थित मामाघरमै जन्मिइन्। फेरि सपरिवार काठमाडौँ आइपुगिन्।
कहिलेदेखि गीत गाउन थालेँ भन्ने उनलाई याद छैन। सानै उमेरमा रेडियोमा सुनेका गीत कापीमा सार्ने र स्वर दुरुस्तै उतार्ने गर्थिन्। उनी सम्भि्कन्छिन्, ‘रेडियो कौसीमा लिएर जान्थेँ, रेडियो नेपालबाट आउने सबै गीत सार्न खोज्थेँ तर सक्दिनथेँ। एउटै गीत सार्न तीन दिन पनि लाग्थ्यो। तर, म कुरेर बस्थेँ।’ कौसीमा गएर गीत सार्ने, छिँडीमा आएर ‘प्य्राक्टिस’ गर्ने उनको दैनिकी नै थियो । उनकी फुपू जानकी केसीलाई संगीतप्रतिको उनको लगावले छोएछ। उनले अञ्जुलाई संगीतका गुरु कृष्णमान डंगोलकहाँ पुर्यावइदिइन्। कृष्णमानले अञ्जुको स्वर सुनेपछि भविष्यवाणी गरिदिए, ‘यो नेपाली गायन क्षेत्रमा तारा बन्छे।’
अञ्जुको लगाव र स्वरबाट प्रभावित कृष्णमान संगीत सिकाउन उनलाई आफँै लिएर जान्थे। अञ्जु पनि संगीतको अभ्यासमा यति डुब्थिन् कि खान पनि भुल्थिन्। उनको क्षमता देखेर सुन्दरमान श्रेष्ठले तबला र हार्माेनियम ‘फ्री’मा सिकाइदिए। ‘गुरु पाउने मामिलामा भाग्यमानी ठहरिएँ,’ उनी सम्झन्छिन्, ‘त्यसपछि छाया दिदीले स्वर मन पराएर गन्धर्व संगीत इन्स्टिच्युटमा कुरा गरिदिनुभयो। त्यहाँ पनि निःशुल्क सिक्न पाएँ।’
पहिलोपल्ट २०५४ सलामा उनको स्वरमा ‘प्रभुको भजन’ रेकर्ड भएको थियो। त्यही वर्ष रेडियो नेपालले आयोजना गरेको ‘अधिराज्यव्यापी आधुनिक गायन प्रतियोगिता’मा उनी प्रथम भइन्। उनका गुरु कृष्णमानकै संगीतमा नेवारी गीतको रेकर्डिङ सुनेपछि संगीतकार भरत लामाले उनको स्वर पार्श्वसंगीतका लागि उपयुक्त हुने भन्दै विपना थापाले अभिनय गरेको ‘बगर’ फिल्मको गीत गाउन लगाए।
अञ्जुको स्वर सुन्नेहरू प्रभावित भए पनि उनलाई स्थापित हुन थप १० वर्ष धैर्य गर्नुपर्यो्। यस बीचमा अभाव र दुःखले उनको पिछा छोड्दै छोडेनन्। २०५९ सालमा भएको फत्तेमान साँझमा उनी चार दिनको सुत्केरी अवस्थामा स्टेज चढेकी थिइन्। भन्छिन्, ‘अभाव पूरा गर्न र अवसर छोप्नका लागि पीडा सहेरै गाएकी थिएँ त्यतिबेला। सुत्केरीमा स्याहार नपुगेका कारण मेरो जीउ अहिले पनि झरीबर्खामा दुख्छ।’
उनको जीवनको कष्टदायी त्यो साँझ गायनको सुन्दर मोड पनि थियो। त्यो दिन गीत सुनेर संगीतकार रञ्जीत गजमेरले घरमै पुगेर उनलाई संगीत सिकाए, फिल्मका गीतमा स्वर भर्ने अवसर दिलाए। उनले संगीतकार/गायक मनोजराजसँग पहिलो एल्बम ‘गाथा’ बजारमा ल्याइन्। त्यसले अञ्जुलाई कहीँ पुर्याजएन। ‘संयोग’ एल्बमका लागि चर्चित भारतीय गायक जगजीत सिंहसँग ‘डोयट’ गाउन पाउनु उनको गायन यात्राको ठूलो संयोग बन्यो। त्यसपछि फिल्मको पार्श्वगायनका लागि अञ्जुलाई गीत गाउन लगाउनेको संख्या एकाएक बढ्यो। गणतन्त्र स्थापनापछि बनेको नेपालको राष्ट्रगानमा पनि उनले गाउन पाइन्।
२०६४ सालमा बजारमा आएको गीत ‘नबिर्सें तिमीलाई’ले अञ्जुलाई अब्बल गायिकाका रूपमा स्थापित गराइदियो। कुनै बेला उनले एकैदिनमा चारवटा गीतसम्म गाउनुपर्थ्याे। भन्छिन्, ‘अहिले पनि औसतमा दिनमा एउटा गीत रेकर्ड हुन्छ।’ पाँच हजारभन्दा बढी गीत अञ्जुको स्वरमा रेकर्ड भइसकेका छन्। सयवटा विदेशी भूमिमा पुगेर उनले गीत सुनाएकी छिन्। शुक्रबारबाट


  •  
  •  
  •