हिन्दु धर्मबारे लेखिएको गीत गाउदिन भनेपछि गायिका अञ्जु पन्तको सर्वत्र विरोध भएको थियो । विरोधले आफ्नो गायन करियरलाई समेत सखाप पार्नसक्ने देखेर उनले रुदै माफी समेत माग्न भ्याइन् । आफूले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने गरेकाले संचालमाध्यमले यो बिषयलाई धर्ममा लगेर जोडिदिएको उनको आरोप थियो ।
अञ्जुका गीतका पारखीले उनलाई माफ गर्न भ्याएका पनि थिएनन्, उनले क्रिश्चियनले आयोजना गरेको कार्यक्रममा हिन्दु धर्मकाबारेमा बोलेका शब्द उनकै लागि फेरी धातक हुने भएको छ । तीनै अन्जुले क्रिश्चियनको एक कार्यक्रममा हाँसी हाँसी हिन्दू गीत नगाउने घोषणा गरेको भिडियो सार्वजनिक भएको छ । जसमा उनले म प्रभुलाई चिनिसकेको मान्छेले अरु भजन गाउन मिल्दैन भनेको सगर्व घोषणा गरेकी छन् ।
यसबारेमा उनलाई सोध्दा उनले झर्किदै भनिन्, ‘यो कुरालाई यही छाडौ । मैले बोलेको बिषयलाई धार्मिक मुद्दा नबनाएकै राम्रो ।’ यो भिडियोमा मार्फत उनले आफू क्रिश्चियन भएको र प्रभू भन्दा माथि कोही पनि हुन नसक्ने वताएकीछन् । उनको यो वक्तव्य देखि लाग्छ संसारमा फरक धर्म भएकाले अरुको धर्मको गीत गाउने गरेकै छैनन् र ?