इन्जिनियरिङ कलेजमा ठूलो आर्थिक अनियमितता भएको निश्कर्ष

417
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा ठूलो आर्थिक अनियमितता भएको छानबिन समितिले निश्कर्ष निकालेको छ ।

बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेललाई समितिले बुझाएको प्रतिवेदनमा सञ्चालकहरूले आर्थिक अपचलन गरेको उल्लेख गरिएको छ ।

संसदीय समितिको निर्देशनपछि सरकारले शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

कलेजको आर्थिक अनियमितता लुकाउन ७८ लाख रुपैयाँ घुस दिएको अभियोगमा कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने र घूस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको गरिसकेको छ । त्यसको दुई दिनपछि छानविन समितिले मन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।


  •  
  •  
  •