चीनमा राष्ट्रपतिकी छोरीलाई ‘त्यो अवसर’

232
  •  
  •  
  •  

काठमाडौं १६ चैत ।
राष्ट्रपति रामवरण यादव र चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको प्रतिनिधि मण्डलबीच शनिबार बोआओ शहरमा भएको नेपाल–चीन द्विपक्षीय वार्तामा नेपाली भ्रमण दलका अधिकांश सदस्य सहभागी भए। तर नेपाली प्रमण्डलकी एक्ली महिला सदस्य अनिता यादव लामो वार्ता टेबलमा देखिइनन्।

राष्ट्रपति यादवकी एक्ली छोरी अनिता भने चिनियाँ प्रथम महिला पेङ लियुनसँग गाउँ भ्रमणमा रमाइरहेकी थिइन।शक्तिराष्ट्र चीनकी ‘प्रथम महिला’ को रुपमा विश्वभर चर्चा कमाएकी पेङसँग अन्य देशका नेता पत्नीसँगै भेटवार्ता गर्ने पहिलो नेपाली हुनु संभवतः अनिताका लागि चीन भ्रमणको सबभन्दा अविस्मरणीय क्षण हुनपुग्यो।

२००१ मा ‘एसियाका लागि बोआओ मञ्च’स्थापना समारोहमा राजा वीरेन्द्र र रानी ऐश्वर्य सहभागी भएका थिए। २००५ मा राजा ज्ञानेन्द्र रानी कोमल सहित त्यहाँ पुगेका थिए। शीतल निवासको साढे छ वर्षे कालमा यादव सहभागी भएको यो नै सबभन्दा भव्य अन्तर्राष्ट्रिय समारोह थियो, जहाँ अनिताले रानी ऐश्वर्य र कोमललाई पछ्याउँदै राष्ट्रपति पितालाई साथ दिने अवसर पाइन।
anita1
‘एसियाको नयाँ भविष्यः सामुदायिकतातर्फ उन्मुख’ नारा दिइएको बोआओ मञ्चमा शनिबार आयोजक राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ सिल्करोड सम्बन्धी ‘एक क्षेत्र एक रोड’ योजना व्याख्या गर्न व्यस्त भए। श्रीमती पेङलेभने अनिता सहित सम्मेलनमा सहभागी २८ विदेशी नेताका पत्नीलाई चिनियाँ सँस्कृतिको अनुभूती गराउन हाइनानको परम्परागत गाउँतिर डोर्यााइन।

अष्ट्रियाका राष्ट्रपती श्रीमती मार्गिट, युगाण्डाका राष्ट्रपती श्रीमती जेनेट, जाम्बियाकी एस्तर रहेको समूहमा थिइन, राष्ट्रपति यादवकी छोरी अनिता। चीनकी राष्ट्रपति श्रीमती पेङले शनिबार दिउँसो उनीहरूलाई हाइनानको बेइरेङ गाउँमा एक–एक गरी स्वागत गरिन। नरिवलका रुखले भरिएको पर्यटकीय गाउँमा पेङले आफ्ना विदेशी अतिथिलाई गाउँले परिवेश र संस्कृतिबाट मनोरञ्जित तुल्याइन।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले बोआओमा पहिलो महिलाको गाउँ भ्रमणबारे बनाएको रोचक कथा अधिकांश चिनियाँ सञ्चार माध्यमले प्रकाशित गरे। ‘पेङ र उनका अतिथिहरूलेगाउँका खुला परम्परागत घरहरू घुम्दै बाँस नृत्य हेरे, चिनियाँ हस्तलिपिको अभ्यास गर्दै आनन्द लिए र गाउँलेसँग मैत्रीपूर्ण कुराकानी गरी अभिवादन साटे’, सिन्ह्वाले लेखेको छ।

हाइनानको उष्ण प्रदेशीय फल नरिवलका रुखहरू छिचोल्दै पेङका अतिथिहरूले स्थानीय लोक संस्कृति हेरे अनि त्यहीँ उत्पादन गरिएको अर्ग्यानिक कफी र फलफुलका डेजर्टको स्वाद लिए। ‘लोकगीतको मिठो धुनले उनीहरूलाई स्वागत गर्न पाउँदा गाउँले निकै खुसी देखिन्थे, वास्तवमा यो सारै मैत्रीपूर्ण क्षण थियो’, सिन्ह्वाका लागि शनिबार ली बिनले लेखेका छन्।

साढे छ वर्षअघि जब रामवरण नेपालको पहिलो राष्ट्रपति भए, लण्डनको अध्ययन त्यागेर अनिता काठमाडौँ फर्किइन। श्रीमती पहिल्यै गुमाएका राष्ट्रपति यादवले एक्ली छोरीलाई विदेश भ्रमणमा सँगै लिएर हिंड्न थाले। हुन् त नेपालका राष्ट्रपति कार्यकारी अधिकारी होइनन् र उनको विदेश भ्रमण पनि निकै कम हुन्छन्। तर राष्ट्र प्रमुखको साथमा विदेश भ्रमणमा जाँदा पाइने विशिष्ट सम्मानको अवसर नेपालका रानीहरूपछि अनिताको हातमा पर्योा।
anita
पश्चिमा प्रजातान्त्रिक अभ्यासको आलोचक राष्ट्र चीनमा यसअघि राष्ट्रप्रमुखकी श्रीमतीलाई ‘पहिलो महिला’ को रुपमा कुटनीतिक मञ्चमा प्रस्तुत गर्ने चलन थिएन। पूर्व राष्ट्रपति हु जिन्ताओले पनि त्यसो गरेनन्। तर दुई वर्षअघि जब सी जिनपिङ चीनको राष्ट्रपति भए, उनकी सुन्दर गायिका पत्नी पेङलाई चिनियाँ र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘चीनकी पहिलो महिला’ को रुपमा चर्चाको शीखरमा पुर्यानए।

नयाँ कुटनीतिक बाटोमा हिंड्न खोजेका राष्ट्रपति सीले आफ्नो पहिलो विदेश भ्रमणको क्रममा रुस जाँदादेखि हरेक यात्रामा श्रीमती पेङलाई साथमै लैजान थाले। अहिले सी जिनपिङ जुन जुन देश जान्छन् पेङ मुस्कुराउँदै उनको साथमा देखिन्छन्। अन्तर्राष्ट्रिय भ्रमणमा जाँदा पेङले चीनमै उत्पादन गरिएका कपडा लगाएर स्वदेशी डिजाइनलाई प्रवर्द्धन गरेको भन्दै देशभित्र उनको ठूलो प्रशंसा हुने गरेको छ। राष्ट्रपती सीको भारत भ्रमणको क्रममा स्कुलका एक किशोरलाई ‘किस’ गरेपछि समाचारको शीर्षक बनेकी पेङ बेइजिङमा एपेक समूहको बैठक समापन डिनरमा रुसी राष्ट्रपति पुटिनले सल ओढाइदिएपछि फेरी चर्चामा छाइन।

सी जिनपिङसँग १९८७ मा विवाह हुनुअघि नै सुन्दर लोक गायिकाको रुपमा पेङ चीनमा चर्चामा थिइन। चीनको शक्तिमा सी जिनपिङको उदयलाई चिनियाँ जनसेनाकी मेजर जनरल समेत रहेकी पेङको लोकप्रियतासँग पनि जोडेर हेरिन्छ। चिनियाँ नागरिकको मनमा बसेकी पेङ, त्यसैले समाचारको शीर्षक बनिरहन्छिन्, जसरी शनिबार हाइनानमा बनिन् र त्यसमा जोडिइन अनिता। नागरिकबाट

  •  
  •  
  •