देशका लागि संविधान र मेरा लागि विवाह उस्तैउस्तैः अनिता

151
  •  
  •  
  •  

काठमाडौं २९ चैत ।
अनिता यादव राष्ट्रपति डा. रामवरण यादवकी छोरी हुन्। उनी राष्ट्रपति यादवको विदेश भ्रमणमा ‘फस्ट लेडी’को जिम्मेवारी सम्हाने गर्छिन्। उनको फेसबुक पेजमा अपलोड गरिएका स्टाटस र तस्विरहरू बाहेक उनको औपचारिक धारणा कतै सुनिदैन।बुबा राष्ट्रपति भएदेखि नै सघाउँदै आएकी अनिता अहिले सम्म अविवाहित नै छिन् । उनी कसैसँग पनि प्रेममा नपरेको बताउँछिन् ।

First_Lady_and_first_daughter_of_Nepal
अनुकुल समय आएपछि विवाह हुने विश्वासमा रहेकी अनिता मागी या प्रेम विवाह कुन हुने भन्ने कुरा भाग्यले निर्धारण गर्ने बताउँछिन् । ‘विवाह जोसँग लेखिएको छ,उसैसँग होला । मागी विवाह होला या प्रेम विवाह,त्यो त भाग्यले निर्धारण गर्ने कुरा हो’ अनिता भन्छिन् ।
उनलाई संविधान जारी भएपछि आफ्नो विवाह हुन्छ कि भन्ने लागेको छ । देशका लागि संविधान र आफ्नो लागि विवाह उस्तैउस्तै भएको उनी बताउँछिन् । ‘संविधान जारी भएपछि मेरो विवाह पनि हुन्छ कि भन्ने लागेको छ,’ अनिता भन्छिन्,‘देशका लागि संविधान र मेरा लागि विवाह उस्तैउस्तै भएको छ।’
नयाँपत्रिकाबाट


  •  
  •  
  •