किन भयो वाम गठबन्धन र फोरमको बैठक अनिश्चित

368
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) :वाम गठबन्धनका एमाले–माओवादी र संघीय समाजवादी फोरमबीच आज हुने भनिएको वार्ता नेताहरु काठमाडौँमा नहुनाले अनिश्चित बनेको छ ।

मधेशी समुदायमा होलीलाई नयाँ वर्षको रुपमा पनि हेरिने भएकोले फोरमका नेताहरु होली मनाउन आफ्नो गृहजिल्ला तिर लागेका छन्।

नेताहरु काठमाडौं बाहिर रहेका कारण बार्ता अनिश्चित भएको हो । प्रधाामन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई बहुमतले सरकार बनाउने मनसायले फोरमलाई पनि सरकारमा सहभागी गराउन एमाले र माओवादीले तिब्र पहल गरिरहेका छन्।

वाम गठबन्धन जोडतोडका साथ फोरमलाई सरकारमा सहभागी गराउन कोसिस गरेपनि अन्तिममा मन्त्रालय बाँडफाडलगायत विषयमा कुरा मिल्न सकेको छैन्। फोरमले ३ वटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ भने प्रधानमन्त्री ओलीले २ वटा मन्त्रालय मात्र दिन सकिने बताउँदै आएका छन्। यद्धपी संविधान संशोधनमा वाम गठबन्धन सकारात्क संकेत देखाएको छ।


  •  
  •  
  •