बदमासी गर्ने जनावरलाई पनि जेल

56
  •  
  •  
  •  

काठमाडौं ४ कात्तिक ।
चारैतिर ढुंगे पर्खालको अग्लो घेरा । भित्र बाहिर गर्न नमिल्ने गरी तालाबन्दी गरिएको एउटा ढोका । एउटा पर्खालभित्र ५० वटा चौंरी, याक र झोंपा । नजिकैको अर्को पर्खालभित्र करिब १० वटा घोडा । यो कसैले पालेको नभएर थुनामा परेका याक, चौरी, झोपा र घोडा हुन् ।
गोरखा जिल्लाको हिमालपारिको सामागाउँ गाविसमा बाली चोर्ने याक, चौंरी, झोपा, घोडाहरुलाई झ्यालखानामा थुन्ने चलन रहेको अन्नपूर्ण पोस्टमा खबर छ । गाविसको निर्णयबाट स्थानीयले वडानम्बर तीनमा दुईवटा ढुंगे पर्खालको घेराबारा बनाएका छन् । यसलाई स्थानीय तिब्बती भाषामा झाङ्ग्रा भन्छन् ।
यहाँ बाली चोर्ने घरपालुवा पशुचौपाया थुन्ने गरिएको स्थानीय आङ्वा लामाले बताए ।
‘सरकारी नीति होइन, गाउँकै रीति हो,’ लामा भन्छन्, ‘गाउँको निर्णयले वडानम्बर तीनमा दुईवटा झाङ्ग्रा बनाएका छौं । कसैको याक, चौरी, घोडाले अरुको बाली खायो भने यही ल्याएर थुन्छौं ।’ अनि जसको याक, चौरी, झोपा वा घोडा हो उसले ५० रुपैयाँ जरिवाना तिरेर मात्र फिर्ता लाने गर्छन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •