अनिल शाह फेरि नबिल बैंककाे सीईओ

338
  •  
  •  
  •  

काठमाडौं, १४ पुस (ओएनएस) : बैंकर अनिल शाह नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन्।

बैंकको विहिबार बसेको संचालक समिति बैठकले शाहलार्इ चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

उनी १० वर्षपछि फेरि नबिल बैंकमा फर्किएका हुन्। शाहले फागुन ५ गतेदेखि पद सम्हाल्नेछन्।

शशीन जोशीले राजीनामा दिएपछि नबिल सिइओविहीन थियो।

शाह यसअघि सेन्चुरी बैंकको नियुक्तिपत्र बुझेको खबर सार्वजनिक भएपनि उनी नबिलमा हिँडेका हुन्।

मेगा बैंकको स्थापनाकालदेखि नै सिइओ रहेका शाहले त्यहाँ करिव ८ वर्ष काम गरेका थिए।  त्यसअघि शाह नबिल बैंकको प्रमुख थिए।

शाह सेलिब्रेटी बैंकरका रुपमा समेत चिनिन्छन्। २० वर्ष पहिले ग्रिनलेज बैंकबाट शाहले आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। शाह नेपाल बैंकर्स एशोशियसनका अध्यक्ष समेत हुन्।


  •  
  •  
  •