७९ लाख भ्रष्टाचारको अभियोगमा टेलिकमका वरिष्ठ इञ्जिनियरबिरुद्ध मुद्दा

242
  •  
  •  
  •  

काठमाडौ,  २२ चैत ‍(ओएनएस)  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम काठमाडौंका वरिष्ठ प्राविधिक अधिकृत (इञ्जिनियर) बिरुद्ध ७९ लाख रुपैयाँ भ्रष्टाचार अभियोगमा मुद्दा दायार गरेको छ ।

अख्तियारले टेलिकमका वरिष्ठ प्राविधिक अधिकृत (इञ्जिनियर) अनिल कुमार आचार्यबिरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । २०३८ सालमा सेवामा प्रवेश गरेका आचार्यले सुपरभाइजर पदबाट सेवा सुरु गरेका थिए ।

हाल टेलिकमको प्राविधिक अधिकृत (इञ्जिनियर) आचार्यले प्रचलित कानून बमोजिम पेश गरेको सम्पति विवरण अस्वभाविक रहेको तथा आचार्यले गैर कानुनी रुपमा सम्पनी आर्जन गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार उनले श्रीमती शोभा कुमारी उपाध्याय ९आचार्य० को नाममा घडेरी खरीद गरी घर समेत निर्माण गरेको खुल्न आएको र तत्सम्बन्धमा घडेरी खरीद लगाएत घर निर्माण गर्दा सम्मको सम्पत्तिको श्रोत समेत पुष्टि गर्ने कुनै आधार प्रमाण पेश गर्न नसकेको हुदाँ निजले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उनी उपर रु ७९,०८,१७६।०३ ९ (अक्षरुपी उनासी लाख आठ हजार एक सय छयाहत्तर रुपैया तिन पैसा)  कायम गरि सजाय हुन र काठमाडौको वडा नम्बर ७ बनेको ५८६८ वर्ग फिटको आधा घर तथा काठमाडौको वडा नम्बर ८ को पुरै घर जफत हुन समेत माग दावीसहित आज विशेष अदालत काठमाडौ आरोपपत्र दायर गरिएको हो ।


  •  
  •  
  •