अनिल बने मस्ट प्रमोसिङ प्लेयर अफ दि टूर्नामेन्ट

116
  •  
  •  
  •  

काठमाडौ, ४ भदौ (ओएनएस) : मलेसियामा सम्पन्न एसीसी यु-१६ प्रिमियर प्रतियोगितामा नेपाललाई उपाधी दिलाउनकालागि महत्वपूर्ण योगदान गरेका अनिल खरेल प्रतियोगिताको मस्ट प्रमिसिङ प्लेयर घोषित भएका छन् ।

u-16 winner nepal9१३ वर्षका अनिलले प्रतियोगिता अवधीभर १३ विकेट लिएका थिए । उनले ओमानविरूद्धको खेलमा ८ ओभरमा १६ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै, उनले बहराईनविरूद्धको खेलमा ३ विकेट, थाईल्याण्डविरूद्धको खेलमा २ विकेट, सिंगापुर र मलेसियाविरूद्धको खेलमा समान १-१ विकेट लिएका थिए । उनी नेपाली टोलीका सबैभन्दा कान्छा खेलाडि हुन् ।

यस्तै, अनिलसँगै नेपाललाई जित दिलाउनका लागि महत्वपूर्व योगदान दिएका जितेन्द्रसिंह ठकुरी वेष्ट बलर घोषित भएका छन् । उनले प्रतियोगिता अवधिभर विकेट लिएका थिए । उनले थाईल्याण्डस‍विरूद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, ओमानविरूद्धको खेलमा ४ विकेट, सिंगापुरविरूद्ध ३ विकेट र बहराइनविरूद्ध १ विकेट लिएका थिए ।

प्रतियोगिताको ब्याट्स्म्यान अफ दी टुर्नामेन्ट तथा प्लेयर अफ दी टुर्नामेन्ट मलेसियाका कप्तान विरान्दीप सिंह घोषित भएका छन् ।


  •  
  •  
  •