आङसाङ सुकीलाई राज्यको अतिथिका रुपमा सम्मान

395
  •  
  •  
  •  

काठमाडौं २१ जेठ (ओएनएस) : सरकारले नेपाल आउन लागेकी म्यानमारकी विपक्षी दलकी नेतृ आङ्साङ सुकीलाई राज्यको अतिथिका रुपमा सम्मान दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नोबेल शान्ति पुरस्कार प्राप्त म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई यस्तो सम्मान दिने निर्णय गरेको हो।

वीपी कोइराला मेमोरियल ट्रष्टका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा उनले १४ जुनदेखि २ दिने नेपाल भ्रमण गर्दैछिन्। बिमिष्टेक बैठकमा सहभागी हुन मार्चमा याङ्गुन गएका बेला प्रधानमन्त्री कोइरालाले सुकीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। वीपीको १०० औं जन्मोत्वसका क्रममा आयोजना गरिने कार्यक्रममा सुकीले सहभागिता जनाउने कार्यक्रम तय भएको छ।
म्यानमारका राष्ट्रपति सुकीका पिता आङ साङ र वीपी कोइराला दुवै नेता अन्तरार्ष्ट्रिय समाजवादी समाजवादी आन्दोलनका अगुवा मानिन्छन्।


  •  
  •  
  •