अंगीकृत नागरिकताको विषयमा सरकार गम्भीर : गृहमन्त्री

91
  •  
  •  
  •  

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको अंगीकृत नागरिकताको विषयमा सरकार गम्भीर भएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा नागरिकता विधेयकमा गरिएको संशोधन सम्बन्धमा सरकारको धारणा राख्दै मन्त्री थापाले सुरक्षा र विकाससँग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले यो विषयमा सरकार गम्भीर भएको बताए ।

सीमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरी अंगीकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको बताए ।

गृहमन्त्री थापाले नेपाल–भारतबीचको विशेष सम्बन्ध र नागरिकतासम्बन्धी छिमेकी देशको व्यवस्थालाई समेत मध्यनजर गरी नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई नेपाली अंगीकृत नागरिकता प्राप्त गर्ने समय ७ वर्ष तोकिएको स्पष्ट पारे ।

नागरिकतासम्बन्धी विधेयक समितिमा झण्डै ६ महिनादेखि छलफलकै क्रममा रहेको छ ।
शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संशोधनबारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन ।


  •  
  •  
  •