सुची आइपुगिन्

358
  •  
  •  
  •  

काठमाडौं, ३० जेठ (ओएनएस) । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुची नेपालको तीनदिने भ्रमण क्रममा शुक्रबार काठमाडौं aआइपुगेकी छन् । थाई एयरलाइन्सबाट दिउँसो १२ बजे उनी त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेकी थियन् । उनलाई वन मन्त्री महेश आचार्य सहितको टोलीले स्वागत गरेको छ। विमानस्थलबाट उनी सिधै हायात होटल गएकी छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । बीपी कोइराला स्मृति प्रतिष्ठान र बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित समाजवादी लोकतन्त्रको महत्त्वु कार्यक्रममा मुख्य अतिथिका रूपमा सहभागी हुनेछिन् ।

भ्रमण अवधिमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री कोइरालालगायत दलका मुख्य नेताहरूसँग भेट्ने कार्यक्रम छ । लुम्बिनी र सुन्दरीजलस्थित बीपी कोइराला स्मृति संग्रहालयको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा छ । उनले सांसदहरूसँग पनि साक्षात्कार गर्नेछिन् ।


  •  
  •  
  •