काठमाडौँ, १४ असोज(ओएनएस) : सिन्धुपालचोकको तातोपानी नाका खुलाउनको लागि भन्दै एमालले १ सय जना विद्यार्थी स्वयंसेवक तातोपानी नाकामा पुगेको छ ।
एमालेको भातृ संगठन अनेरास्ववियुको आयोजनामा स्वंयमसेवकले २ दिनसम्म तातोपानी नाका खुलाउनको लागि खटिएका नेपाल तथा चीनका कर्मचारीलाई आवश्यक सहयोग गर्नेछन् ।
स्वंयसेवकको टोलीलाई एमालेका स्थायी सदस्य शंकर पोखरेलले बिहिबार बिहान राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसबाट औजार सहित बिदाइ गरेका थिए । उनले स्वंयसेवकले ज्याकेट र ड्राइफुड लगायतका आवश्यक सामानहरूको व्यवस्था आफैले गरेको अनेरास्ववियूका प्रवक्ता आर सी लामिछानेले बताएका छन् ।
भारतले गरेको अघोषित नाकाबन्दीले समस्या भएपछि छिट्टै नाका खुलाउन सहज होस् भन्ने उदेश्यले स्वंयसेवक परिचालन गरिएको प्रवक्ता लामीछानेले बताए ।
भारतले गरेको अघोषित नाकाबन्दीले समस्या भएपछि छिट्टै चीनसँग सम्पर्क गराउनलाई सजिलो होस् भनेर स्वयंसेवक परिचालन गरिएको लामाले बताइन् । यसअघि एमालेले गत वैशाख १२ गतेको भूकम्पपछि भूकम्प प्रभावित जिल्लाहरुमा स्वयंसेवक परिचालन गरेको थियो ।