एन्फा अध्यक्ष थापासहित चार पदाधिकारीलाई काममा नलगाउन निर्देशन

100
  •  
  •  
  •  

काठमाडौं २७ असोज (ओएनएस) :  संसदको सार्वजनिक लेखा समितिले नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष गणेश थापासहित चार पदाधिकारीलाई काममा नलगाउन निर्देशन दिएको छ ।

१८ करोड रुपैयाँको भ्रष्टाचारको अभियोग लागेका थापालाई अनुसन्धानको क्रममा काममा नलगाउन समितिले सोमवार निर्देशन दिएको हो ।

१७ औं एशियाली खेलकुद र एन्फाको काम कारवाहीबारे युवा तथा खेलकुद मन्त्री पुरुषेत्तम पौडेललाई बोलाइएका बैठकमा समितिका सभापति जनार्दन शर्माले जिम्मेवार पदाधिकारीदलाई अनुसन्धानको दुई महिने अवधिसम्म तत्काकल लागु हुने गरी काममा नलगाउन निर्देशन दिएका हुन् ।
साथै आर्थिक कारोवारका लागि एन्फाका अन्य पदाधिकारीबाट गराउने व्यवस्था मिलाउन लेखाले निर्देशन दिएको छ ।

एन्फामा आर्थिक कारोवार गर्ने ३ पदाधिकारी र निर्माणमा संलग्न एक गरी चार पदाधिकारीको पदिय दायित्व स्थगन गर्न स्पष्ट निर्देशन दिएको छ ।

आर्थिक कारोवार गर्दै आएका एनफाका अध्यक्ष गणेश थापा,महासचिव धिरेन्द्र प्रधान र कोषध्यक्ष विराटजंग शाही तथा एकेडेमी निर्माणमा संलग्न उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ परेका छन् ।


  •  
  •  
  •