एन्फाका चार गाडी गायब

113
  •  
  •  
  •  

काठमाडौं २३ पुस ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वामित्वमै नरहेको तथ्य फेला परेको छ । एन्फाको नाममा नामसारी नगरी अन्यत्रै प्रयोग र पुनः किनबेच हुँदै आएको छ ।

संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको लेखा परीक्षण प्रतिवेदनअनुसार एन्फाले २०६० यता ठूलो रकम खर्च गरेर चारवटा गाडी किनेको छ । एन्फाले खरिद गरेकामध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य खुलेको छैन ।

ती गाडी खरिदबिक्री गर्दा अनिवार्य रुपमा जारी गर्नुपर्ने सार्वजनिक सूचनासमेत गरिएको छैन । गाडी खरिदसम्बन्धमा एन्फा कार्यसमितिबाट निर्णयसमेत गराइएको छैन। अन्नपूर्णपोस्ट


  •  
  •  
  •