एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित

32
  •  
  •  
  •  

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्वाङ निर्वाचित भएका हुन् । नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।

चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले सून्य मत प्राप्त गरे ।

त्यस्तै एन्फाको वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित नेम्वाङको प्यानलमा रहेका खड्काले शेर्पा प्यानलका शिक्षित पराजुलीलाई हराए । खड्काले ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गरे ।

मतदानमा कुल ८४ मध्ये ८४ मत नै खसेको थियो । एन्फाको केन्द्रीय निर्वाचनका लागि कुल ८७ मत भए पनि दुई वटा जिल्ला भक्तपुर र सिन्धुलीमा चुनाव हुन नसक्दा मताधिकारबाट वञ्चित भएका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here