फुटबल खेलाडी–प्रशिक्षक विवादः छानबिन कार्यदलले बुझायो २८ पृष्ठको प्रतिवेदन

102
  •  
  •  
  •  

काठमाडौं । फुटबलका खेलाडी र प्रशिक्षकबीचको विवादको बारेमा सुझाव दिन गठन गरिएको तीन सदस्यीय कार्यदलले एन्फालाई सुझाव प्रतिवेदन बुझाएको छ ।

कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरलाई २८ पन्ने लामो सुझाव प्रतिवेदन बुझाएको हो । कार्यदलले यो प्रतिवेदनमा उल्लेख भएका कुराहरु एक हप्ताभित्र नै सार्वजनिक गर्न माग समेत गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षण छाड्न बाध्य बनाएपछि नेपाली फुटबलमा देखिएको घटनाक्रमले करिब दुई साता छुन लाग्दा एन्फाले बल्ल यस विषयमा छानबिन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदललाई एक साताको समय दिएर छानबिन गर्न लगाइएको थियो ।

छानबिनको सिलसिलामा १० खेलाडी, क्याम्पमा भएका मुख्य प्रशिक्षक, व्यवस्थापक, सहायक प्रशिक्षक तथा गोलरक्षक प्रशिक्षक सबैलाई एक–एक घण्टा लामो अन्तरर्वार्ता लिंदै छानबिन गरेको छानबिन कार्यदल संयोजक भिक्टर शमशेर राणाले जानकारी दिएका छन् ।

प्रतिवेदन ग्रहण गर्दै एन्फा महासचिव तुलाधरले प्रतिवेदनबारे छिट्टै निर्णय लिने बताए ।


  •  
  •  
  •