हिंश्रक गतिबिधि गरेको भन्दै एन्फालाई २ हजार डलर जरिवाना

381
  •  
  •  
  •  

anfaकाठमाडौं, २० मंसिर (ओएनएस)  : खेलको दौरान अनुशासनहिन व्यवहार गरेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना गर्न निर्णय गरेको छ ।

दुई महिनाअघि थाईल्यान्डमा एएफसी यू–१६ च्याम्पियनसिपमा हिंश्रक गतिबिधि गर्दै नियम उल्लंघन गरेको आरोपमा एएफसीले एन्फालाई झण्डै २ लाख रुपैयाँ जरिवाना गरेको हो । एएफसीले ३० दिनभित्र यो रकम बुझाउन एन्फालाई भनेको छ ।
नेपालले एएफसी यू–१६ च्याम्पियनसिपमा उज्वेकिस्तान र कोरियासँगको खेलमा नियम उल्लंघन भएको एएफसीको अनुशासन कमिटीको ठहर छ ।
यस्तै नेपालले यू–१६ च्याम्पियनसिपको खेलाडीहरुको योग्यतासम्वन्धी आटिर्कल २२.२ उल्लंघन गरेको उसले बताएको छ । जुन कारवाहि बढि उमेरका खेलाडीलाई खेलाएको खण्डमा गर्ने गरिन्छ ।


  •  
  •  
  •