एन्फाको आधिकारिक वेबसाइट लन्च

249
  •  
  •  
  •  

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ ।

संघले नयाँ डाटा तथा जानकारी राखेर आफ्नो वेबसाइट लन्च गरेको हो । लजेसपार्क टेक्नोलोजीले यो वेबसाइट तयार पारेको हो । एन्फाले सबै जानकारी वेबसाइटबाट जानकारी दिने उद्देश्यले नयाँ वेबसाईट तयार पारेको हो ।

जसमा क्लब जिल्ला फुटबल संघको जानकारी राखेको छ । यस्तै एन्फाले गर्ने गतिविधि सबैको जानकारी यो वेबसाइटमा राखिएको जनाइएको छ । नयाँ वेबसाइट सार्वजनिक गरेकोमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र एएफसी अध्यक्ष शेख सलमानले बधाई तथा शुभकामना दिएका थिए ।


  •  
  •  
  •