एन्फाले मंगलबारका लागि बोलायो केन्द्रीय समितिको आपतकालिन बैठक

235
  •  
  •  
  •  

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन केन्द्रीय समितिको बैठक मंगलबार बस्ने भएको छ । आपतकालित समितिको बैठक सोमबार बोलाइएपनि बैठकमा बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ स्वास्थ्यको कारण अनुपस्थित भएका थिए ।

आपतकालिन समितिमा ५ जना अनिवार्य उपस्थित भएर निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।

नेम्वाङ उपस्थित नभएपछि अरु चारजनाको बैठक एन्फा कम्प्लेक्स सातदोवाटोमा बसेर अनौपचारिक छलफल गरेको थियो ।

अनौपचारिक छलफल पछि मंगलबार केन्द्रीय समितिको पूर्ण बैठक आह्वान गरिएको हो ।

आपताकिलन बैठकका ४ वटा एजेण्डाहरु रहेका थिए । मानर्थ अध्यक्षमा टासी घलेलाई पुनः मनोनित गर्ने, भक्तपुर जिल्ला संघका विषय, कोरोना प्रभावितलाई दिने राहत सम्बन्धमा र विविध एजेण्डाहरु तय गरिएको थियो ।

आपतकालिन समितिको बैठकबाट निर्णय गरेको भए केन्द्रीय समितिका अन्य सदस्य तथा पदाधिकारीहरुलाई जानकारी गराउने र पछि नियमित पक्रियामा अनुमोदन गराउने प्रावधान रहेको छ ।


  •  
  •  
  •