आन्दोलनरत चिकित्सकमाथि प्रहरीको हस्तक्षेप

वीर अस्पतालको टिकट काउन्टर प्रहरीले खुलायो
287
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (ओएनएस) : आकस्मिकबाहेक अन्य सेवा ठप्प गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकमाथि प्रहरीले धरपकड गरेको छ ।

कर्मचारी समायोजन ऐनको विरोधमा धर्नामा बसेका वीर अस्पतालका चिकित्सकमाथि बुधबार प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी हस्तक्षेपपछि वीर अस्पताल तनावग्रस्त भएको छ भने बन्द रहेको वीर अस्पतालको टिकट काउन्टर पनि प्रहरीले खुलाइएको छ ।

आज बिहान साढे ७ बजे धर्नामा बसेका डाक्टरहरुमाथि प्रहरी टोलीले लाठीचार्ज गरेको छ ।
कर्मचारी समायोजन ऐन २०७५ सरकारी चिकित्सकको हकमा अन्यायपूर्ण रहेको भन्दै गत शुक्रबारदेखि सरकारी डाक्टर आन्दोलित छन् ।


  •  
  •  
  •