रेशमलाल चौधरीको रिहा नगरिए कडा आन्दोलनमा उत्रिने संघर्ष समितिकाे चेतावनी

330
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : पूर्व सभासद रुकमणी चौधरीले २०७२ सालमा घटेको कैलालीको टिकापूर घट्ना नितान्तै राजनीतिक घटना भएको दाबी गरेकी छन् ।

काठमाडौँमा थरुहट/थारुवान संयूक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन ।

टिकापूर घटनाको सत्य तथ्य सहितको प्रतिवेदन तयार पारिएपनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाएकी छन् ।

उनले भनिन्,‘टिकापूर घट्ना राजनीतिक थियो, आज त्यही आन्दोलनको नाममा कैयौ ब्यक्तिहरुलाई झुठा मुद्दा लगाएर जेलामा कोच्ने काम राज्यबाट भएको छ, हामी बुद्धका अनुयायी हौँ, हाम्रो संस्कारमा हिंसा भन्ने हुँदैन, रहस्यपूर्ण आन्दोनलनपछि हाम्रो समुदायमाथि राज्यले गरेको दुव्र्यबहारलाई हामीले धेरै सहदैनौं।’

उनले अघि थपिन,‘विगत चार दिनदेखि अनसनमा बसेका रेशम चौधरी लगायत सबैको ज्यान जोखिममा छ, सरकारले अनसन तोडाउने प्रयास गरोस् हाम्रा मागहरु पूरा गर्ने कष्ट गरोस्।’

 


  •  
  •  
  •