काठमाडौं । सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच भएको वार्तामा सहमति जुटेको हो ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्ता सहमति जुटेको हो । सहमति जुटेसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको छ ।
सञ्चारमन्त्री रेखा शर्माले शिक्षकका मागहरू संसदबाट पूरा गर्ने सहमित भएकाे जानकारी दिइन् ।