बौद्ध जोरपाटी सडकखण्ड कालोपत्रे गर्न माग राख्दै आन्दोलित

236
  •  
  •  
  •  

काठमाडौं । बौद्ध जोरपाटी सडकखण्ड छिटो कालोपत्रे गर्न माग राख्दै स्थानीय आन्दोलित भएका छन् ।  सडक निर्माणको काम चाँडो पूरा गर्न माग गर्दै मंगलबार बिहान चुच्चेपाटी चोकमा केही समय सडक अबरुद्ध गरेर प्रदर्शन गरेका थिए ।


तत्काल सडक कालोपत्रे गरी धुलो र हिलोमुक्त बनाउनुपर्ने उनीहरुको माग छ ।

निर्माणाधीन सडकखण्ड लामो समयसम्म कालोपत्र नहुँदा ब्यापार ब्यवसाय चौपट हुनुका साथै आवतजावतमा समेत कठिनाई भएको स्थानीयको भनाइ छ ।

ठेकेदार युनाइटेड विल्डर्सले पटक पटक सडक कालोपत्रे गर्ने आश्वासन दिएपनि काम भने गरेको छैन ।
उपत्यका सडक विस्तार आयोजनाले चावहिल–साँखु सडक विस्तारको काम एक वर्षमै सक्ने गरी २०७२ मा थालेको थियो । तर पाँच वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन. ।


  •  
  •  
  •