रत्नपार्कमा ‘अनसन मेला’

453
  •  
  •  
  •  

काठमाडौं – राजधानीको रत्नपार्कमा तामझामकासाथ टेण्टहरु गाडिएको छ । यहाँ कुनै मेला पर्वको अवसरमा मेला भर्न नभई विभिन्न संघ संस्थाहरु आफ्नो माग पुरा गराउन अनसन बसिरहेका हुन् ।

यहाँ मृगौला पिडितहरु सरकारसँग आफ्ना रोगका निशुल्क उपचारको माग गरिरहेका छन् भने अर्कोतिर अस्थायी शिक्षकहरु स्थायी जागिरको माग गरेर अनसन बसेका छन् ।

हिन्दु राष्ट्र माग गर्ने देखि सगरमाथा चढ्दाको खर्च सरकारले व्यहोर्नु पर्ने मागसहित अनसन बसेका छन् । अस्थायी शिक्षकहरु १सय ५६ दिनदेखि रिले अनसन गरिरहेका छन् भने हिन्दु सनातन धर्म संघले भने ५५ दिनदेखि अनसनरत छन् ।

_AKD8814 _AKD8783 _AKD8790 _AKD8794 _AKD8801 _AKD8804 _AKD8811


  •  
  •  
  •