एमाओवादी आन्दोलनमा जान सक्दैन : ढुंगाना

204
  •  
  •  
  •  

Anandarभक्तपुर, १३ चैत(ओएनएस) : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख आनन्द ढुङ्गानाले एमाओवादी लगायतका मोर्चाले संविधानसभा छाडेर आन्दोलनमा जान नसक्ने बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले शुक्रबार गरेको अन्र्तसंवाद कार्यक्रममा उनले संविधानसभा छाड्ने भए एमाओवादी संसदीय समितिमा पुनः सहभागी हुँदैन थिए ।

ढिलै भए पनि नेपाली जनताले संविधान प्राप्त गर्ने दाबी गर्दै उनले एमाओवादी लगायतका मोर्चा पनि सहमतिमा नै आउने विश्वास व्यक्त गरेका थिए ।

ढुंगानाले भने, ‘ शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणाली कस्तो बनाउने भन्ने विषयमा कुरा मिलिसकेको छ, मिल्न बाँकी कति प्रदेश बनाउने भन्ने हो अब त्यो छिट्टै मिल्नेछ ।’

जातीय आधारमा प्रदेश भने आफ्नो पार्टीले नमान्ने भन्दै उनले बरू प्रदेशको संख्यामा भने केही लचिलो हुन सकिने धारणा व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसको १३ महाधिवेशनमा को पदमा पुग्ने भन्ने बारेमा व्यक्तिगत गुट नभएको दाबी गर्दै ढुंगानाले काँग्रेसको महाधिवेशनका कारण संविधान निर्माण्मा कुनै असर पर्ने बताएका छन् । उनले भने, ‘नेपाली काँग्रेस भित्र जसरी सभापतिले मनोनित गर्ने अधिकारको विषय बाहिर आएको छ त्यो सबै काँग्रेसको विधानबारे जानकारी नभएकाहरूले गरेको हल्ला मात्र हो ।’ नेपाली काँग्रेस पूर्ण रूपमा प्रजातान्त्रिक रहेको भन्दै ८० प्रतिशत निर्वाचनबाट र २० प्रतिशत सभापतिबाट मनोनित गर्ने विधानमा उल्लेख गरिएको उनले बताए ।


  •  
  •  
  •