आयो सहजै ब्रेकअप गर्न सहयोग गर्ने एप्लिकेशन

264
  •  
  •  
  •  

breakupकाठमाडौ, माघ / अघिल्लो वर्ष प्रेमको लागी केही लव एप्लिकेशनहरू आएका थिए । तर, यसपटक एउटा यस्तो एप्लिकेशन आएको छ जसको प्रयोग गरेर सहजै ब्रेकअप गर्न सकिन्छ ।

दी हेल्थ साइटमा प्रकाशित समाचारका अनुसार यदी कोही ब्रेकअप गर्न चाहन्छ भने उनीहरुका लागि यस्तो एप्लिकेशन आएको छ जसले ब्रेकअपको दुखबाट समेत छुटकारा दिन मद्धत गर्छ ।

बेलायतको निकै चर्चित ब्रेकअप र डिभोर्स कोच सारा डेविसनले उक्त एप्लिकेशन सार्वजनिक गरेकी हुन् । उक्त एपको नाम ‘सेभेन स्टेप्स टु ए बेटर ब्रेकअप’ हो । यस एपको मद्धतले महिला पुरूष आफ्नो पार्टनरसँग एक-एक स्टेप प्रयोग गरेर सहजै ब्रेकअप गर्न सक्छन् ।

साराका अनुसार बेलायतमा हरेक वर्ष करिब १ लाख ब्रेकअप हुन्छन् । धेरै मानिस जनवरीदेखी नै ब्रेकअप गर्न सुरू गर्छन् ताकी नयाँ वर्षको राम्ररी सुरूवात गर्न सकियोस् ।

साराले धेरै मानिस अलग हुन र ब्रेकअप गर्ने निर्णय त लिन्छन् तब उनीहरूले आफ्नो आगामी जीवनमा के हुन्छ भन्ने बारेमा अन्जान रहने बताएकी छिन् । यस्तोमा उक्त एप मानिसलाई सहजै आफ्नो भावनामाथी नियन्त्रण गर्न सिकाउँछ ।

यो एप्लिकेशनको प्रयोगले आफ्नो स्थितिलाई पहिले देखी नै सम्हाल्न सकिन्छ । यो एपको प्रयोग गरेर मानिसले आफ्नो सम्बन्ध टुट्ने क्रममा हुने खराब अवस्थामा आफूलाई सम्हाल्न सकिन्छ । यो एपको प्रयोग गर्ने हरेक उपभोक्ताहरूलाई हरेक स्टेपमा पूरा समय दिइन्छ ।


  •  
  •  
  •