अमेरिकामा पनि कोरोना भाइरसको सङ्क्रमण

59
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा पनि देखिएको छ । अमेरिकाले सिएटल शहरमा कोरोना भाइरसँग सम्बन्धित पहिलो घटना दर्ता भएको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो विषयलाई गम्भीर मान्दै बुधबार आपतकालीन बैठक बोलाएको छ ।

चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले पनि यो सङ्कटलाई लिएर बयानमा भनेका छन्, ‘वुहान र अन्य ठाउँमा फैलिएको नयाँ कोरोना भाइरस निमोनियालाई गम्भीररुपमा लिनुपर्छ ।’

अमेरिकी स्वास्थ्य अधिकारीहरुले मङ्गलबार चीनमा फैलिएको नयाँ भाइरससँग जोडिएको एउटा घटना सार्वजनिक भएको जनाएका थिए ।

सङ्घीय एवं राज्य अधिकारीहरुले पीडितको उमेर ३० देखि ३५ वर्ष भएको जनाइएको छ र उनी चीनको वुहानबाट अमेरिका आएको बताएका छन् ।

रहस्यमयी भाइरस बताइएको यो नयाँ भाइरस चीनको वुहान, शङ्घाई लगायतका प्रान्तमा तीव्ररुपमा फैलिइरहेको छ । यसबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् भने तीन सयभन्दा बढीमा सङ्क्रमण देखिएको छ ।


  •  
  •  
  •