यसकारण अर्थमन्त्रीलाई विश्व बैकंको एजेण्ट भनेको हु: अमरेशकुमार सिंह 

432
  •  
  •  
  •  

मंगलवार मैले संसदमा बोलेको बिषयाइ लिएर आज देशमा ‘भाइब्रेसन’ उत्पन्न भएको छ । बास्तममा मैले कुनै ‘सेन्टीमेण्ट’मा आएर बोलेको थिइन । पोलिसि मेकरसंग छलफल गरेरै सदनमा बोलेको थिए । म आफैपनि एकेडेमिक मान्छे, अर्थमन्त्री डा रामशरण महत पुना युनिभर्सिटिबाट अर्थशास्त्रमा पीएचडी गर्नु भएको हो, म चाही जवाहरलाल नेहरु विश्व बिद्यालयवाट पीएचडी गरेको हु । अर्थमन्त्री डा महतले ल्याउनु भएको बजेट ईण्डिया चाइना ‘फेण्ड्ली’ भएन भन्ने मरो भनाइ हो ।

अर्थन्त्री डा महत पूरै बिश्व बैक र एसियाली बिकास बैंकको एजेण्ट जस्तै भएर बजेट ल्याउनु भयो । सिंगो मधेशलाइ उपेक्षा गर्नुभयो, मार्जिनलाइज्ड क्लासका जनतालाइ पूरै उपेक्षा गरियो । डा महतले ल्याएको बजेटकै कारण तराइको अर्थतन्त्र तहश नहस हुदैछ् । आजभन्दा १० बर्ष अघिसम्म बारा, पर्साका किसान उखु खेती गरेर जिबिका धान्थे, तर हाम्रै अर्थमन्त्री डा महतको गलत अर्थनीतिका कारण विरगञ्जको चीनी कार्खाना बन्द भयो । त्यसपछि बारा, पर्साका किसान गाजा खेती गर्न तर्फ लागे । जनकपुर चुरोट कार्खानाको हालत पनि त्यही हो । माओवादी जनयुद्धका कारण मात्र तराइका जिल्ला खाली भएका होइनन,जब कृषि क्षेत्रमा दिइदै आएको अनुदान घटाइयो, तराइका युवाहरु बाध्य भएर विदेश पलाएन भएका हुन् ।

विश्व बैक र एसियाली विकास बैकको गलत सल्लाहबाट प्रभावित भएर अर्थमन्त्रीले पानीको ट्यारिफ बढाए, भएका सरकारी संस्थान र उद्योग कल कार्खानालाइ निजि करणको नाममा कौडिमा बेचे । रुसका राजदूतले मसंग भनेका छन, ‘हामीले बनाइदिएका उद्योग, कल कार्खाना निजिकरण गर्नुभन्दा पहिले हामीसंग एक पटक पनि सोधिएन, सयौ करोड रुपैया लगाएर स्थापना गरिदिएका कार्खाना चलाउन हामीले आर्थिक सहयोग गर्ने थियौ ।’ अहिले २ सय करोड भन्दा धेरै लगानी गर्नेलाइ कर छुटको कुरा गरिएको छ, कति जना नेपालीको सामर्थ छ त्यती लगानी गर्ने ? निश्चित व्यक्तीलाइ पोस्नको लागी यस्तो व्यबस्था गरिएको छ ।

अर्थमन्त्री महतले बनाएको बजेटले मधेशलाइ विभेद गरेको छ, राजबिराज विमानस्थल संचालन गर्ने भनेको छ, तर एक रुपैया छुट्टाएको छैन । ‘रव वे’ पिच नगरी विमानस्थल संचालन गर्न सकिन्छ ? तराइको हुलाकी राजमार्ग बनाउने भनिएको छ, तर पर्याप्त बजेट छैन । के त्यो राजमार्ग बनाइदिने जिम्मा भारतको हो ? हामीपनि अर्थमन्त्रीले भन्दै धेरै मत अन्तरले चुनाव जितेर आएको हो । तराइका जिल्लालाइ यति धेरै विभेद किन ? ।

अर्थमन्त्रीले नियतबस भारतीय नम्बर प्लेटका गाडी नेपाल आउदा लाग्ने भञ्सार शुल्क दोब्बर भन्दा बढाएका छन । यसअघि ४ सय ५० प्रतिदिन बुझाउनु पर्ने भारतीय नम्बर प्लेटका गाडीले अब दैनिक ११ सय ५० तिर्नु पर्छ, यो बृद्धि कुनै हिसावले जायज छ ? पशुपतिको दर्शनका लागि मात्र दैनिक सयौ भारतीय नम्बर प्लेटका गाडी नेपाल आइरहेका छन, के त्यो रोक्न खोजेको हो । सरकार एकातर्फ पर्यटक नेपाल आएनन भन्दैछ, भारतीय पर्यटकलाइ रोकेर को आइदिने हो ? ।

अहिले बिश्व बैक र एडिबी मात्र होइन, हिजो मात्र ब्राजिलमा सकिएको ब्रिक्स सम्मेलेनले ब्रिक्स बैक स्थापना गर्ने निर्णय गरेको छ, जस्को कार्यालय चीनको सांघाइमा राख्ने र सीइओ भारतीय नागरिक रहने प्रस्ताव गरिएको छ । यस्तो अबस्थामा एडिबि गाइडेड अर्थतन्त्रले नेपाल अगाडी बढ्न सक्छ ? मेरो सवाल यति हो, बजेट भारत र चीन मैत्री भएन । भारतीय र चीनीया लगानी कर्तालाइ निरुत्साहित गरेर नेपालमा लगानी गर्न कोही आउने छैन ।

। (नेपाली काग्रेसका सभासद सिंहसंग गरिएको कुराकानीमा आधारित)


  •  
  •  
  •