अर्बौका हतियार सरकारले बिनाटेन्डर किन्ने

176
  •  
  •  
  •  

काठमाडौं ७ साउन (ओएनएस) : सरकारले बिना टेन्डर अर्बौ रुपैयाँका हतियार खरिद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका जानुअघि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न टेन्डर नै नगरी तीनवटा मुलुकसँग कोटेसन माग्ने निर्णय गरेको हो ।
खरिद निर्णय गर्दा मन्त्रीहरुबीच मतभिन्नता भएकाले गृहमन्त्रालयबाट पेस भएको प्रस्ताव जस्ताको त्यस्तै पारित हुन भने सकेन ।

सरकारी निर्णयमा चार थान आम्र्ड पर्सनल म्यारियर एपीसी र त्उका लागि आवश्यक हतियार तथा गोली गठ्ठा खरिद गर्ने उल्लेख छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गत जेठ ६ गते स्वीकृत गरेपछि पेस भएको प्रस्तावमा जेठ २९ गते मन्त्रिपरिषदट निर्णय भएको हो ।
अन्नपूर्ण पोस्ट दैनिकबाट


  •  
  •  
  •