अमिताभ बच्चनको स्वाब टेस्ट रिपोर्ट नेगेटिभ

378
  •  
  •  
  •  

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ। उनी १२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए ।

अमिताभको पछिल्लो स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अमिताभको अझै दुई वटा टेस्ट गरिनेछ। ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन्। लगातार तीन वटा परीक्षण नेगेटिभ आएमा चाँडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

अमिताभका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि संक्रमण देखिएको छ। उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका अनुसार छोरा अभिषेकको सबै रिपोर्ट नेगेटिभ आएको छ। उनलाई आजै डिस्चार्ज गर्ने तयारी छ। ऐश्वर्या र आराध्याको रिपोर्ट नआएको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ ।


  •  
  •  
  •